नेपाल खेलको लागि महत्वपूर्ण सम्भाव्यता भएको देश : खेलकुदमन्त्री

 मंसिर २४, २०७९ शनिबार १६:२९:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले नेपाल खेलको लागि महत्वपूर्ण सम्भावना बोकेको देश भएको बताउनुभएको छ ।

शनिवारदेखि काठमाण्डौको दशरथ रंगशालामा शुरु भएको एसिया रग्बी यू–१८ सेभेन्स च्याम्पियनसिपको उद्घाटनपछि बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाल प्राकृतिक विषमताहरु भएको देश रहेको उल्लेख गर्दै नेपालका हिमाल, पहाड र तराईका क्षेत्रहरुमा विश्वका सबै ठाउँमा पाइने हावापानी भएकाले खेलकुदको ठूलो सम्भावना बोकेके देश भएको बताउनु भयो ।

उहाँले भक्तपुरको चाँगुनारायणमा अन्तर्राष्ट्रिय स्तरको रग्बी रंगशाला निर्माण गर्ने प्रक्रिया समेत अघि बढाइएको बताउनुभयो । 

मन्त्री गहतराजले नेपालको भौगोलिक विविधताले खेलकुदका गतिविधिहरु सञ्चालन गर्नेकुरामा थप सहयोग पुग्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा अन्तर्राष्ट्रिय स्तरका खेलहरु नेपालमा खेलाउन पनि आग्रह गर्नुभयो ।  

अन्तिम अपडेट: कात्तिक २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया