अस्ट्रेलियाले जित्याे वेस्ट इन्डिजसँगकाे टेस्ट शृङ्खला

 मंसिर २५, २०७९ आइतबार १३:४८:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठामाण्डाै – वेस्ट इन्डिजसँगको टेस्ट क्रिकेटको शृङ्खला अस्ट्रेलियाले जितेको छ । आज आइतवार सकिएको दोस्रो टेस्ट चार सय १९ रनले जितेसँगै अस्ट्रेलियाले दुई खेलको शृङ्ख्ला 'ह्वाइट वास' सहित आफ्नाे पक्षमा पारेको हो ।

अस्ट्रेलियाकाे एडिलेडमा चार सय ९७ रनको विशाल लक्ष्य पछ्याएको वेस्ट इन्डिज ७७ रन बनाउँदा अलआउट भयो । उसका लागि टेगनारायण चन्देरपलले सबैभन्दा धेरै १७ रन बनाए । बलिङतर्फ अस्ट्रेलियाका मिचेल स्टार्क, माइकल नसिर र स्कट बोलान्डले तीन/तीन विकेट लिए । यस्तै नाथन लायनले एक विकेट लिए । 

विश्व टेस्ट च्याम्पियनशिपको तालिकामा अस्ट्रेलिया १२ खेलमा एक सय आठ अङ्कसहित शीर्ष स्थानमा छ । वेस्ट इन्डिज ११ खेलमा ५४ अङ्कका साथ सातौँ स्थानमा छ ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया