काभ्रेको बेथानचोकमा बस दुर्घटना, १७ जनाको ज्यान गयो

 मंसिर २७, २०७९ मंगलबार २१:४३:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका ४ सल्लाफेदमा आज (मङ्गलवार) बेलुकी बस दुर्घटना हुँदा १७ जनाको ज्यान गएको छ । बा ३ ख ४३८५ बस दुर्घटना हुँदा अन्य १३ जना घाइते भएका प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ढुण्डिराज न्यौपानेका अनुसार १५ जनाको दुर्घटनास्थल र अन्य दुई जनाको बनेपाको शिर मेमोरियल अस्पतालमा उपचारका क्रममा ज्यान गएको छ । बनेपा नगरपालिका–११ बाट ब्रतबन्धका लागि बेथानचोक गाउँपालिका–५ च्याल्टी पुगेर फर्किँदै गरेको 'रिजर्भ' बस दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइतेहरूमध्ये आठ जनाको बनेपाको शिर मेमोरियल अस्पताल र अन्य पाँचको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनास्थलमा नेपाल प्रहरी र नेपाली सेनाको टोलीले डोजर प्रयोग गरी उद्धार गरिरहेको छ । बसमा कति जना थिए भन्ने यकिन तथा मृतकको पहिचान हुन नसकको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: असार ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया