न्युजिल्यान्डका केन विलियम्सनले टेस्ट क्रिकेटको कप्तानी छाडे

 मंसिर २९, २०७९ बिहिबार १०:४६:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - न्युजिल्यान्डको टेस्ट क्रिकेट टोलीबाट केन विलियम्सनले कप्तानी छोडेका छन् । पाकिस्तान भ्रमण अघि विलियम्सनले टेस्ट कप्तानीबाट राजीनामा दिएका हुन् । तर उनी खेलाडीको रुपमा टोलीमा रहनेछन् । साथै टी–२० तथा एक दिवसीयमा कप्तान रहनेछन् ।

विलियम्सनको ठाउँमा तीव्र गतिका बलर टिम साउदीलाई कप्तानको जिम्मेवारी दिइएको न्युजिल्यान्ड क्रिकेट बोर्डले जनाएको छ । विलियम्सन न्युजिल्यान्डको क्रिकेट इतिहासमा उत्कृष्ट टेस्ट कप्तानका रुपमा रहेका छन् । उनले ४० मध्ये २२ खेलमा जित हात पारेका छन् भने ८ खेल बराबरी र १० वटामा मात्र हार ब्यहोरेका छन् ।

विलियम्सनको कप्तानीमा न्युजिल्यान्डले सन् २०२१ मा भारतलाई हराउँदै विश्व टेस्ट च्याम्पियनसिपको उपाधि जितेको थियो । पाकिस्तान र न्युजिल्यान्डबीच दुई टेस्ट र तीन एक दिवसीय शृङ्खला हुँदैछ । पहिलो टेस्ट डिसेम्बर २६ देखि सुरु हुनेछ । 
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया