२० वर्षमुनिको महिला साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपालले बङ्लादेशसँग खेल्ने

 पुस १, २०७९ शुक्रबार ६:३८:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

ग्राफ : एन्फा

काठमाण्डाै - बङ्लादेशमा हुने २० वर्षमुनिको महिला साफ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ ।

दक्षिण एसियाली फुटबल फेडेरेसनले हिजो खेल तालिका सार्वजनिक गरेको हो । च्याम्पियनसिप आउँदो फेब्रुअरी ३ देखि ९ तारिखसम्म ढाकामा हुनेछ ।

प्रतियोगितामा नेपाल, बङ्लादेश, भारत र भुटान सहभागी हुनेछन् । राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् । नेपालले प्रतियोगिताको पहिलो खेलमा फेब्रुअरी ३ मा आयोजक बङ्लादेशसँग खेल्नेछ ।

यस्तै, भुटानसँग फेब्रुअरी ५ र भारतसँग फेब्रुअरी ७ तारिखमा खेल्नेछ ।
 

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया