बङ्गलादेशसँगकाे पहिलाे टेस्ट क्रिकेट भारतले १ सय ८८ रनले जित्याे

 पुस ३, २०७९ आइतबार १४:३४:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डाै – बङ्गलादेशसँगकाे पहिलो टेस्ट क्रिकेट भारतले जितेको छ । चट्गाउँमा भएको खेलमा भारतले बङ्गलादेशलाई एक सय ८८ रनले हरायो ।

पाँच सय १३ रनको विशाल लक्ष्य पछ्याएको बङ्गलादेश आज आइतवार पाँचौँ दिनको पहिलो सेसनमै तीन सय २४ रन बनाउँदा अलआउट भयो । उसका लागि जाकिर हसनले १ सय र शाकिब अल हसनले ८४ रन बनाए । बलिङतर्फ भारतका अक्षर पटेलले चार र कुलदीप यादवले तीन विकेट लिए ।

भारत र बङ्गलादेशबीच दुई खेलको टेस्ट शृङ्खला हुन लागेकाे हाे । यसअघि भएको तीन खेलको एकदिवसीय शृङ्खला बङ्गलादेशले जितेको थियो ।

बंगलादेशसँगको पहिलो टेष्ट क्रिकेट भारतले जितेको छ । चट्गाउँमा भएको खेलमा भारतले बंगगलादेशलाई १ सय ८८ रनले हरायो । ५ सय १३ रनको विशाल लक्ष्य पछ्याएको बंगलादेश आज पाँचौ दिनको पहिलो सेसनमै ३ सय २४ रन बनाउँदा अलआउट भयो । उसका लागि जाकिर हसनले एक सय र शाकिब अल हसनले ८४ रन बनाए । बलिङतर्फ भारतका अक्षर पटेलले ४ र कुलदीप यादवले ३ विकेट लिए । भारत र बंगलादेशबीच २ खेलको टेष्ट शृङख्ला भइरहेको छ । यसअघि भएको तीन खेलको एकदिवसीय शृङख्ला बंगलादेशले जितेको थियो । 

यसअघि भारतले टस जितेर पहिले ब्याटिङ गर्दै पहिलाे इनिङ्समा चार सय चार रन बनायाे । भारतका लागि चेतेश्वर पुजाराले ९०, श्रेयस अय्यरले ८६ र रविचन्द्रन अश्विनले ५८ रन बनाए । बलिङतर्फ बङ्गलादेशका तैजुल इस्लाम र मेहदी हसन मिराजले चार/चार विकेट लिए । 

बङ्गलादेशले पहिलाे इनिङ्समा एक सय ५० रनमात्रै बनाउन सक्याे । बङ्गलादेशका लागि मुश्फिकर रहीमले २८ र मेहदी हसनले २५ रन बनाए । बलिङतर्फ भारतका कुलदीप यादवले पाँच र माेहम्मद सिराजले तीन विकेट लिए ।  

दाेस्राे इनिङ्समा शुभमन गिलकाे एक सय १० र चेतेश्वर पुजाराकाे एक सय दुई रनकाे मदतमा दुई सय ५८ रन बनेकाे अवस्थामा भारतले इनिङ्स सकिएकाे घाेषणा गरेकाे थियाे । बलिङतर्फ बङ्गलादेशका खालेद अहमद र मेहदी हसनले एक/एक विकेट लिए । भारतले पाँच सय १२ रनकाे अग्रताका साथ इनिङ्स सकिएकाे घाेषणा गरेपछि बङ्गलादेशले पाँच सय १३ रनकाे लक्ष्य पाएकाे थियाे ।

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया