उपचार अभावमा ५ दलित युवाकाे मृत्यु भएकाे विषयमा मधेसी आयाेगले अनुगमन गर्ने

 पुस ३, २०७९ आइतबार १६:५२:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सप्तरीकाे कञ्चनरूप नगरपालिकामा उपचार अभावमा पाँच जना दलित समुदायका व्यक्तिको मृत्यु भएको विषयमा मधेसी आयोगले अनुगमन टोली पठाउने भएको छ ।

कन्चनरूपमा पछिल्लो दुई हप्तामा उपचार अभावमा अति विपन्न दलित समुदायका पाँच जना युवाको ज्यान गएको विषयमा गम्भीर ध्यानाकर्षण भएको भन्दै आयोगले अनुगमन गर्ने भएको हो । आयोगकी उपसचिव सबिता डंगोलले एक प्रेस विज्ञप्ति निकालेर राज्यले हरेक नागरिकको उपचारको ग्यारेन्टी गरे पनि बर्सेनि हुने यस्ता घटनाप्रति आयोगको गम्भीर ध्यानकर्षण भएको बताउनुभएको छ ।

आयोगका अध्यक्ष डाक्टर विजयकुमार दत्तले आयोगले यस्ता संवेदनशील घटनाको अल्पकालीन र दीर्घकालीन समाधानका लागि विभिन्न समयमा सिफारिस र ध्यानकर्षण गराए पनि सरकारको बेवास्ताले गर्दा यस्ता समस्या समाजमा यथावत् रहेको बताउनुभएको छ । अध्यक्ष दत्तले संवैधानिक निकायको सिफारिसहरू सरकारका लागि निर्देशन बराबर भए पनि सरकार संवेदनशील नहुनुले समाजमा गलत सन्देश जाने उल्लेख गर्नुभयो ।  

आयोगले पीडित परिवारलाई सबै प्रकारको सहयोग गर्न र बिरामीलाई यथोचित स्वास्थ्य उपचार गराउन अपिलसमेत गरेको छ ।

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया