पीएसजीका स्ट्राइकर एम्बाप्पे क्लब फुटबलमा फर्किए

 पुस ७, २०७९ बिहिबार ९:१५:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - कतारमा भएको फिफा विश्व कप फुटबलमा गोल्डेन बुट जितेका फ्रान्सका खेलाडी केलियन एम्बाप्पे क्लब फुटबलमा फर्किएका छन् ।

फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्ट्राइकर एम्बाप्पे प्रशिक्षणमा फर्किएका हुन् । एम्बाप्पेको टोली फ्रान्स विश्व कप फुटबलको फाइनलमा अर्जेन्टिनासँग पेनाल्टी शुटआउटमा ४–२ गोलले पराजित भएको थियो ।

सन् २०१८ मा फ्रान्सलाई उपाधि जिताएका एम्बाप्पेले यसपटकको फाइनल खेलमा ह्याट्रिक गरेका थिए । तर उपाधि जिताउन सकेनन् । उनले कतार विश्व कप फुटबलमा कुल ८ गोल गरी गोल्डेन बुट जितेका थिए । त्यस्तै पीएसजीका फरवार्ड समेत रहेका लिओनल मेस्सीले ७ गोल गरी कतार विश्व कपमा गोल्डेन बल जिते ।

फ्रान्सको लिग वानका खेलहरु अर्को हप्तादेखि सुरु हुँदैछन् । पीएसजीले अन्तर्राष्ट्रिय विश्रामपछिको पहिलो लिग खेलमा आउँदो बुधवार स्ट्रार्सबर्गसँग खेल्दैछ ।

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया