कोकिन र चरेस कारोबारमा संलग्न ३ विदेशी नागरिकसहित ६ जना पक्राउ

 पुस ८, २०७९ शुक्रबार १७:६:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – लागुऔषध कोकिन र चरेसकाे कारोबारमा संलग्न तीन जना विदेशीसहित छ जनालाई प्रहरीले सार्वजनिक गरेकाे छ ।

नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युराेले आज शुक्रवार काठमाण्डाैमा पत्रकार सम्मेलन गरी लागुऔषध काराेबारमा संलग्न छ जनालाई सार्वजनिक गरेको हो । ब्राजिलबाट ल्याइएको पाँच केजी छ सय ग्राम कोकिनसहित युक्रेनकी ३२ वर्षीया डारिला एन्टोनेन्को र थाई नागरिक २५ वर्षीया एरिया फोनोकलाई गएकाे पुस ६ गते पक्राउ गरी लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम अनुसन्धानको कामलाई अघि बढाइएको ब्युरोका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक विकासराज खनालले जानकारी दिनुभयो । बरामद गरेको कोकिनको बजार मूल्य १२ करोड नाै लाख ६० हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी ३३ केजी चरेससहित चार जनालाई पनि प्रहरीले पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको छ । गएकाे पुस ४ गते काठमाण्डाैकाे चन्द्रागिरि बस्ने वर्ष ६४ का अल्कबहादुर तामाङ, धादिङकी २७ वर्षीया स्यानी चेपाङ, चम्पे चेपाङ र ६५ वर्षका भारतीय नागरिक शरप ल्याल्टसेनलाई पक्राउ गरिएको ब्युराेले जनाएको छ । उनीहरूबाट बरामद गरिएको चरेसको बजार मूल्य १८ लाख १५ हजार रुपैयाँ रहेको ब्युराेका प्रमुख खनालले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया