१९ किलाे सुनसहित त्रिभुवन विमानस्थलबाट सुडानी नागरिक पक्राउ

 पुष ८, २०७९ शुक्रबार १८:२७:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – १९ किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना सुडानी नागरिक पक्राउ परेका छन्  ।

फ्लाई दुबईको उडानबाट नेपाल आएका सुडानी नागरिक मोहम्मद अहमद डफल्ला साराफेल्डिनलाई आज शुक्रवार १९ किलो सुनसहित पक्राउ गरिएको विमानस्थलका प्रहरी प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक श्याम ज्ञवालीले उज्यालोलाई जानकारी दिनुभयो ।

ती सुडानी नागरिककाे लगेज जाँच गर्ने क्रममा भन्सार कार्यालयले शङ्कास्पद वस्तु देखेपछि जाँच गरेको थियो । जाँच गर्दा सुन भन्ने पक्का भएको ज्ञवालीले जानकारी दिनुभयो । उनलाई भन्सार कार्यालयले नै आवश्यक कारबाहीको प्रक्रिया अघि बढाउने छ ।

अन्तिम अपडेट: पुस ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Dhama Paudyal

    Dec. 24, 2022, 8:58 p.m.

    भोली बिहानको समाचारमा त्यो १९ किलो सुना नभएर पित्तल भएको पाइयो भन्ने समाचार आउन सक्छ, यहा धेरै पटक रातारात सुनका डल्ला बिस्कुट पित्तल भएका समाचार सुनेक हौ । यो त्यस्तो न होस है ।

  •  0 Reply

तपाईको प्रतिक्रिया