नेपाल टी–२० लिग आजदेखि सुरु हुँदै : उद्घाटन खेलमा पोखरा र काठमाण्डौ खेल्दै

 पुस ९, २०७९ शनिबार ७:३१:११ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - पहिलो संस्करणको नेपाल टी–२० क्रिकेट लिग आजदेखि सुरु हुँदैछ । आज पहिलो दिन २ वटा खेल हुनेछन् । यी खेल कीर्तिपुर मैदानमा हुनेछन् ।

उद्घाटन खेलमा पोखरा एभेन्जर्स र काठमाण्डौ नाइट खेल्नेछन् । यो खेल बिहान सवा ९ बजे सुरु हुनेछ । यस्तै आज हुने दोस्रो खेलमा लुम्बिनी अल स्टार्स र फार वेस्टर्न युनाइटेडले खेल्नेछन् । लुम्बिनी र फार वेस्टर्न बिचको खेल दिउँसो सवा १ बजे सुरु हुनेछ ।

प्रतियोगितामा काठमाण्डौ नाइट, पोखरा एभेन्जर्स, फार वेस्टर्न युनाइटेड, जनकपुर रोयल्स, विराटनगर सुपर किङ्ग्स र लुम्बिनी अल स्टार गरी ६ टोलीको सहभागिता छ । लिगको विजेताले ५५ लाख रुपैयाँ पुरस्कार पाउनेछ ।

नेपाल क्रिकेट सङ्घ क्यानले हिजो पत्रकार सम्मेलन गरेर विजेताले ५५ लाख रुपैयाँ पाउने जनाएको हो । यस्तै, उपविजेताले ३० लाख, तेस्रो हुनेले १० लाख र चौथो हुनेले पाँच लाख रुपैयाँ पुरस्कार पाउनेछन् । त्यस्तै, प्लेयर अफ द सिरिजले ५ लाख तथा उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले २ लाख ५० हजार रुपैयाँ पाउने छन् ।

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया