बंगबन्धु एसियन यू–२३ च्याम्पियनसिपमा नेपालको लगातार तेस्रो हार

 पुस ९, २०७९ शनिबार १८:४०:५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – २३ वर्षमुनिको बंगबन्धु एसियन सेन्ट्रल जोन पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले लगातार तेस्रो हार व्यहोरेको छ ।

आज ढाकामा भएको खेलमा किर्गिस्तानसँग ३–२ को सेटमा पराजित भएसँगै नेपालले लगातार तेस्रो हार व्यहोरेको हो । पहिलो सेट किर्गिस्तानले २५–१६ स्काेरले जितेको थियो । दोस्रो सेटमा नेपालले २५–२३ को स्काेरले जित्यो ।

तेस्रो सेटमा किर्गिस्तानले २५–१७ ले चौंथो सेट नेपालले २५–१९ स्काेरले जित्यो । अन्तिम तथा पाँचौं सेट किर्गिस्तानले १५–६ ले जित्दै खेल आफ्नो पक्षमा पारेको हो । पहिलो खेलमा नेपाल आयोजक बंगलादेश र दोस्रो खेलमा श्रीलंकासँग सोझो सेटमा पराजित भएको थियो ।

च्याम्पियनसिपमा आयोजक बंगलादेशसहित नेपाल,  किर्गिस्तान र श्रीलंकाको सहभागीता रहेको छ । नेपालले च्याम्पियनसिपको सेमिफाइनल खेल भोलि खेल्नेछ । प्रतियोगितामा चार टोलीको मात्रै सहभागिता रहेकोले चारै टोलीले सेमिफाइनलमा स्थान बनाएका हुन् । 
 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया