नेपाल टी–२० लिगमा लुम्बिनीले विराटनगरलाई ३ रनले हरायाे

 पुस १०, २०७९ आइतबार १३:१९:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : क्यान

काठमाण्डाै – नेपाल टी–२० क्रिकेट लिगको आज आइतवारको पहिलो खेलमा लुम्बिनी अल स्टार्सले विराटनगर सुपर किङ्ग्सलाई हराएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा लुम्बिनीले विराटनगरलाई तीन रनले हरायो । लुम्बिनीले दिएको एक सय ५८ रनको लक्ष्य पछ्याएको विराटनगरले २० ओभरमा छ विकेट गुमाएर एक सय ५४ रनमात्रै बनायो । उसका लागि पाकिस्तानका हुसाइन तलातले सर्वाधिक ३९ रन बनाए । बलिङतर्फ लुम्बिनीका किशोर महतोले दुई विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीले श्रीलङ्काका लाहिरु मिलन्थाको ८० रनकाे मद्दतमा एक सय ५७ रन बनाएको थियो । आजको जितसँगै लुम्बिनी दुई खेलमा चार अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ ।

त्यस्तै आजको दोस्रो खेलमा अहिले पोखरा एभेन्जर्स र जनकपुर रोयल्स  खेलिरहेका छन् । हिजो शनिवार भएको उद्घाटन खेलमा पोखरा काठमाण्डौ नाइट्ससँग पराजित भएको थियो ।

जनकपुरले आज पहिलो खेल खेल्न लागेको हो । छ टोली सहभागी प्रतियोगिताको फाइनल खेल २७ गते हुनेछ । डबल राउन्डमा भइरहेको लिगमा ३४ खेल हुनेछ । लिगको विजेताले ५५ लाख रुपैयाँ पुरस्कार पाउनेछ ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया