बङ्गलादेशसँगकाे टेस्ट शृङ्खला भारतले जित्याे

 पुष १०, २०७९ आइतबार १३:५७:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एजेन्सी

बङ्गलादेशसँगको टेस्ट क्रिकेट शृङ्खला भारतले जितेको छ । मिरपुरमा बङ्गलादेशले दिएको एक सय ४५ रनको लक्ष्य भारतले आज आइतवार सात विकेट गुमाएर भेटाएसँगै शृङ्खला दुई–शून्यले जितेको हो । 

भारतले ७४ रन बनाउँदा सात विकेट गुमाइसकेको थियो । तर श्रेयस अय्यरले नटआउट २९ र रवीचन्द्रन अश्विनले ४२ रन बनाउँदै भारतलाई जिताए । बलिङतर्फ बङ्गलादेशका मेहदी हसन मिराजले पाँच र शकिब अल हसनले दुई विकेट लिए ।

बङ्गलादेशले टस जितेर पहिले पहिले ब्याटिङ गर्ने निर्णय गर्दै पहिलाे पारीमा दुई सय २७ रन बनाएकाे थियाे । त्यसपछि भारतले तीन सय १४ रन बनाउँदा ८७ रनकाे अग्रता लिएकाे थियाे । 

दाेस्राे पारीमा बङ्गलादेश दुई सय ३१ रनमा अलआउट हुँदा भारतले एक सय ४५ रनकाे लक्ष्य पाएकाे थियाे । टेस्ट शृङ्खला गुमाए पनि यसअघि भएको एकदिवसीय शृङ्खला भने घरेलु टोली बङ्गलादेशले जितेको थियो ।

अन्तिम अपडेट: जेठ ३२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया