निराशाजनक 'कोप–२९' मा नेपालका लागि केही आशा
मंसिर ९, २०८१ आइतबार
काठमाण्डाै - नेपाल टी–२० क्रिकेट लिगमा फार वेस्ट युनाइटेड विजयी भएको छ । काठमाण्डौ नाइट्सलाई ४ विकेटले पराजित गर्दै फार वेस्टले जित हासिल गरेको हो ।
प्रतियोगितामा फार वेस्टको यो पहिलो जित हो । कीर्तिपुर मैदानमा काठमाण्डौसँगको खेलमा ९९ रनको लक्ष्य पछ्याएको फार वेस्टले १९ ओभरमा १ बलमा ६ विकेट गुमाएर लक्ष्य भेट्टाएको हो ।
फार वेस्टको जितमा हशमतुल्लाह शाहिदीले अविजित ५० रनको अर्धशतकीय पारी खेले । यस्तै, देव खनालले १७ र भीम सार्कीले ११ रन बनाए । अरुले दोहोरो अङ्क जोड्न सकेनन् । काठमाण्डौका लागि अनिल खरेलले २ तथा अजमुतल्लाह ओमारजाई, रायन ब्रुल, बसिर अहमद र अविनाश बोहोराले एक/एक विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको काठमाण्डौले २० ओभरमा ९ विकेट गुमाएर ९८ रन बनाएको थियो ।
यस्तै, आजै विराटनगर सुपर किङ्ग्स र जनकपुर रोयल्स पनि खेल्दैछन् । खेल दिउँसो १ बजे कीर्तिपुर मैदानमा हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।