पोखरामा भाेलिदेखि राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने

 पुष १२, २०७९ मंगलबार ७:२५:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

कास्की - पोखरामा भाेलिदेखि यही १६ गतेसम्म राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजना र कास्की जिल्ला ब्याडमिन्टन सङ्घको सञ्चालन तथा व्यवस्थापनमा पोखरा रङ्गशालामा प्रतियोगिता आयोजना गर्न लागिएकाे हाे । 

प्रतियोगितामा १२  इभेन्टमा प्रतिस्पर्धा हुने सङ्घका अध्यक्ष सुशिलकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितामा काठमाण्डौ, कन्चनपुर, सुर्खेत, उदयपुर, धादिङ, ललितपुर, भोजपुर, सर्लाही लगायतका २५ जिल्लाबाट तीन सयभन्दा बढी खेलाडीहरु सहभागी हुँदैछन् ।

प्रतियोगिताको खुला पुरुष एकल तथा डबल तर्फको विधामा विजेता खेलाडीको टोलीलाई जनही ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । यसैगरी त्यही इभेण्टमा द्वितीय हुनेलाई ३० हजार रुपैयाँ र तृतीय हुनेलाई २० हजार रुपैयाँ नगदको साथमा शिल्ड मेडल  र प्रमाणपत्र वितरण गरिने छ । 

प्रतियोगिता अन्तर्गत महिला एकल तथा डबल, मिक्स डबल, ३५ वर्षमाथिको डबल पुरुष उमेर समूह, ४५ वर्षमाथि डबल पुरुष, ५५ वर्ष  माथि डबल पुरुषतर्फको विधामा विजेता टोलीहरुले जनही ३० हजार रुपैयाँ, उपविजेताले जनही २० हजार र तेश्रो हुनेले जनही १० हजार रुपैयाँको साथमा शिल्ड मेडल  र प्रमाणपत्र पाउने छन् । 

जुनियर खेलाडीहरुको प्रोत्साहन गर्ने उद्देश्यले १२ वर्षमुनिका खेलाडीहरु सहभागी (यु—१२) र १७ वर्ष मुनिका खेलाडीहरु सहभागी (यु—१७) पुरुष तथा महिला तर्फको विधामा प्रतिष्पर्धा हुनेछ । यस इभेण्टमा विजेता खेलाडीले जनही १५ हजार, दोश्रो हुनेले १० हजार र तेश्रो हुनेलाई पाँच हजार रुपैयाँ नगदको साथमा शिल्ड मेडल  र प्रमाणपत्र पाउनेछन् । 

अन्तिम अपडेट: मंसिर ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया