नेपाल टी–२० क्रिकेट लिग : पोखरा र लुम्बिनी तथा काठमाण्डौ र जनकपुर खेल्दै

 पुस १२, २०७९ मंगलबार ८:२१:३० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - नेपाल टी–२ क्रिकेट लिगमा आज दुई वटा खेल हुँदैछन् । आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र लुम्बिनी अल स्टार खेल्दैछन् । खेल बिहान ९ बजे कीर्तिपुर मैदानमा सुरु हुनेछ ।

लुम्बिनीले यसअघि भएका पहिलो र दोस्रो खेल जितेको थियो । अङ्क तालिकामा शीर्ष स्थानमा रहेको लुम्बिनीको २ खेलमा ४ अङ्क छ । पोखरा दुई खेलमा अङ्कविहीन छ । त्यस्तै, आज हुने दोस्रो खेलमा काठमाण्डौ नाइट्स र जनकपुर रोयल्सबीच खेल हुनेछ । यो खेल कीर्तिपुर मैदानमा दिउँसो १ बजेदेखि सुरु हुनेछ ।

जनकपुरले यसअघिका दुई खेलमा जितेर ४ अङ्क जोडेको छ । जनकपुर अङ्कतालिकाको दोस्रो स्थानमा छ । दुई खेलमा पराजित विराटनगर अङ्कविहीन छ । प्रतियोगिताको फाइनल खेल २७ गते हुनेछ । ६ टोली सहभागी प्रतियोगिताको विजेताले ५५ लाख रुपैयाँ पाउनेछ ।

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया