काठमाण्डाैले जनकपुरलाई ५३ रनले हरायाे

 पुष १२, २०७९ मंगलबार १७:५१:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल टी–२० लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज मङ्गलवार भएकाे दाेस्राे खेलमा काठमाण्डौ नाइट्स विजयी भएकाे छ ।

त्रिवि क्रिकेट मैदानमा भएको खेलमा काठमाण्डौले जनकपुर रोयल्सलाई ५३ रनले हरायो । काठमाण्डौले दिएको दुई सय नाै रनको लक्ष्य पछ्याएको जनकपुरले २० ओभरमा अलआउट हुँदै एक सय ५५ रनमात्रै बनाउन सक्यो । जनकपुरका लागि समिउल्लाह शिनवारीले २९, सन्दीप जोराले २६ र पवर्न सर्राफले २४ रन बनाए । बलिङतर्फ काठमाण्डौका अजमतुल्लाह ओमरजाईले ३ र बसिर अहमदले दुई विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको काठमाण्डौका लागि एलेक्स ब्लेकले सर्वाधिक ८३, विरन्दीप सिंहले ४९ र अजमतुल्लाह ओमरजाईले नटआउट ४३ रन बनाए । बलिङतर्फ जनकपुरका पवन सर्राफले दुई विकेट लिए ।

तीन खेलमा समान चार/चार अङ्क भए पनि नेट रनरेटकाे आधारमा काठमाण्डौ दोस्रो र जनकपुर तेस्रो स्थानमा छ ।

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया