अब राष्ट्रिय परिचयपत्रका आधारमा पनि बैङ्क खाता खोल्न सकिने
पुस २६, २०८१ शुक्रबार
काठमाण्डौ – काठमाण्डौ जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जाहेरी दिने किशोरीको उमेर विवाद निरूपण गर्न उनको जन्ममितिकाे कागजात अस्पतालबाट झिकाउन आदेश दिएको छ ।
आज मङ्गलवार काठमाण्डौ जिल्ला अदालतले लामिछानेविरुद्ध जाहेरी दिने किशोरीको उमेर विवाद निरूपण गर्न उनको जन्म भएको अस्पतालबाट कागजात झिकाउन आदेश दिएको हो । अदालतका न्यायाधीश हिमलाल बेल्बासेको इजलासले अस्पतालबाट जन्म दर्ताको कागजात झिकाउने आदेश दिएको सन्दीप पक्षका अधिवक्ता सरोजकृष्ण घिमिरेले जानकारी दिनुभयो । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उहाँले लामिछानेविरुद्धको मुद्दाको बारेमा अदालतले सम्बन्धित पक्षलाई बुझ्न पीडित भनिएकी किशोरीको जन्मको बारेमा सम्बन्धित कागजातहरू सम्बन्धित कार्यालयबाट मगाउनु भन्ने आदेश दिएको बताउनुभयो ।
अधिवक्ता घिमिरेले अदालतले क्रिकेटर देव खनाललाई सन्दीप र पीडित भनिएकी किशोरीबीच सम्पर्क गराएकोमा बकपत्र दिन बोलाइएको र किशोरीको मेडिकल टेस्ट गर्ने डाक्टरलाई पनि बकपत्रका लागि बोलाउन आदेश दिएको बताउनुभयो । अदालतले पीडित भनिएकी युवतीका दाजुले किशोरी वीरगञ्जमा जन्मिएको भनेपछि सम्बन्धित अस्पतालबाट कागजात झिकाउन अदालतले आदेश दिएको हो ।
उहाँले भन्नुभयो, ‘सन्दीप लामिछानेविरुद्धको मुद्दाको बारेमा काठमाण्डौ जिल्ला अदालतले सम्बन्धित पक्षलाई बुझ्न पीडित भनिएकी युवतीको जन्मको बारेमा सम्बन्धित कागजातहरू सम्बन्धित कार्यालयबाट मगाउनु भन्ने आदेश भयो । पीडित भनिएकी युवतीका दाजुले वीरगञ्जको अस्पतालमा जन्मिएको भन्ने कुरा गरेकाले सम्बन्धित अस्पतालबाट जन्ममिति पठाउन आदेश भएको छ ।’
अधिवक्ता घिमिरेले सन्दीप लामिछानेविरुद्धको जाहेरीलाई जतिसक्दो चाँडो टुङ्गोमा पुर्याउने बताउनुभयो । उहाँले अबको तीन महिनासम्ममा सबै विषय टुङ्गिने दाबी गर्नुभयो । अधिवक्ता घिमिरेले क्रिकेटर लामिछानेमा आफू निर्दोष छु भन्ने आत्मविश्वास रहेको बताउनुभयो । नेपालले पछिल्लो समय क्रिकेटमा पराजय बेहोरिरहेकोमा सन्दीप चिन्तित रहेको पनि बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।