नेपाल टी–२० लिगमा लुम्बिनीकाे लगातार पाँचाैँ जित

 पुष १५, २०७९ शुक्रबार १३:१:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : क्यान

काठमाण्डाै – नेपाल टी–२० लिग (एनपीएल) क्रिकेट प्रतियाेगितामा लुम्बिनी अल स्टार्स लगातार पाँचाैँ खेलमा विजयी भएकाे छ । लुम्बिनीले काठमाण्डाै नाइट्सलाई ३५ रनले हराएकाे हाे ।

लुम्बिनीले दिएकाे एक सय ५१ रनकाे लक्ष्य पछ्याएकाे काठमाण्डाैले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय १५ रनमात्र बनाउन सक्याे । काठमाण्डाैका लागि अजमतुल्लाह ओमरजाईले सर्वाधिक ३८ रन बनाए । बलिङतर्फ लुम्बिनीका हरमीत सिंहले तीन विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेकाे लुम्बिनीले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ५० रन बनायाे । लुम्बिनीका लागि दीपेन्द्रसिंह ऐरीले ४० र लाहिरु मिलन्थाले २५ रन बनाए । बलिङतर्फ काठमाण्डाैका अजमतुल्लाह ओमरजाईले दुई विकेट लिए ।

लगातार पाँच खेल जितेकाे लुम्बिनी १० अङ्कसहित तालिकाकाे शीर्ष स्थानमा छ । काठमाण्डाै चार अङ्कसहित तेस्राे स्थानमा छ ।

अन्तिम अपडेट: असार ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया