इङ्लिस प्रिमियर लिग : दुई आत्मघाती गोलमा लिभरपुल विजयी

 पुस १६, २०७९ शनिबार ७:५१:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डाै - इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र ब्रेन्टफोर्ड विजयी भएका छन् । आज बिहान भएका खेलमा लिभरपुलले लेस्टर सिटीलाई २–१ गोलले हरायो ।

लिभरपुलले दुई गोल नै आत्मघाती उपहार पायो । खेलको सुरुवातमै अग्रता लिएको लेस्टर सिटीले पहिलो हाफको ३८ र ४५औँ मिनेटमा आत्मघाती गोल गरेको थियो । उसका वोउट फेइसले दुई आत्मघाती गोल गरे। लेस्टरले खेलको चौथो मिनेटमा किइरनान ड्युसबरी हलको गोलको मद्दतले अग्रता लिएको थियो । तर जोगाउन सकेन ।

जितसँगै लिभरपुलले १६ खेलमा २८ अङ्क जोडेको छ । लिभरपुल छैटाैँ स्थानमा रहेको छ । १७ खेलमा १७ अङ्क जोडेको लेस्टर सिटी १३औँ स्थानमा रहेको छ । अर्को खेलमा ब्रेन्टफोर्डले वेस्ट ह्यामलाई २–० गोलले हरायो । जितसँगै ब्रेन्टफोर्डको १७ खेलमा २३ अङ्क भएको छ ।

ब्रेन्टफोर्ड अङ्कतालिकाको नवौँ स्थानमा छ । पराजित वेस्ट ह्याम १७ औँ स्थानमा छ । वेस्ट ह्यामको १७ खेलमा १४ अङ्क रहेको छ । प्रिमियर लिगमा १५ खेलमा ४० अङ्कका साथ आर्सनल शीर्ष स्थानमा छ ।

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया