तीनवर्षसम्म हजुरबुवाबाट यौन शोषणमा परेकी किशोरी न्यायका लागि अदालत धाउँदै

 असोज २२, २०७५ सोमबार १६:४३:५ | उज्यालो सहकर्मी
unn.prixa.net

पीडित किशाेरीका परिवार अदालतमा

बाँके – नातिनी बलात्कारको आरोप लागेका हजुरबुवा जिल्ला अदालत बाँकेको आदेशमा पुर्पक्षका लागि थुनामा पुगे पनि बालिकाका आमा, बुवा र आफन्त अन्तिम सजाय नहुँदासम्म चलखेल हुन सक्ने भन्दै अदालत धाइरहेका छन् ।

१३ वर्षकी बालिका आमा, बुवा र आफन्तसहित पटक–पटक अदालत र सरकारी वकील कार्यालय पुगेकी छन् । बाँकेको कोहलपुरमा १३ वर्षकी बालिकाको बलात्कारको आरोप लागेका ७५ वर्षका हजुरबुवा तरकारी बाजे भनिने रामचन्द्र घिमिरेलाई जिल्ला अदालत बाँकेका न्यायधीश अनिलकुमार शर्माको इजलाशले केही दिनअघि पुर्पक्षका लागि  थुनामा पठाएको हो ।

७५ वर्षका तरकारी बाजेले जिल्ला अदालतको निर्णयकाविरुद्ध आफू बिरामी रहेको र शारीरिक रुपमा कमजोर भएका कारण सादा तारिख वा धरौटीमा छोड्नका लागि आदेशको माग गर्दै उच्च अदालत इजलाश नेपालगञ्जमा निवेदन दिएका छन् । तरकारी बाजेका कानुन व्यवसायीहरुले यसअघि दुईपटकसम्म पेशी स्थगित गराएको भन्दै पीडित पक्षले कुनै पनि बहानामा चलखेल हुन नहुनेमा जोड दिएका छन् ।

फास्ट ट्रयाकमा मुद्धाको काम न्यायलयले पनि अनुकुलता र प्रतिकुलता हेरेर पेशी सारिदिँदा पीडितहरु थप चिन्तामा परेको अवस्था छ’, पीडित बालिकाका नजिकका आफन्तले भन्नुभयो, ‘पैसासँग न्याय जोड्दा न्याय पाइँदैन कि भन्ने आशंका उब्जाएको छ ।’ 

वहसका लागि दाङबाट नेपालगञ्ज आउने र एक्कासी इजशास सारिँदा आफू अनुकुलका न्यायधीशको खोजी भइरहेको हुन सक्ने उनीहरुको चिन्ता छ । बालिका गएको वैशाखमा मामाघर दाङको तुल्सीपुर पुगेको समयमा बिरामी भएपछि उपचारका क्रममा चिकित्सकले यौनशोषणमा परेको हुन सक्ने बताउँदै परीक्षण गरेपछि घटना सार्वजनिक भएको हो । 

बालिकाले हजुरबुवाले आफूलाई तीनवर्षदेखि बलात्कार गरेको जानकारी गराएपछि मावलीतर्फका आफन्तले दाङ, भैरहवा र काठमाडौंका अस्पतालमा स्वास्थ्य परीक्षण गराउँदा यौन शोषणमा परेको सार्वजनिक भएपछि घटनाबारे बालिकाका बुवालाई जानकारी गराएको बताएका छन् । बालिकाको नेपालगञ्ज, कोहलपुर र भारतको गोरखपुरमा समेत उपचार गरिएको थियो ।

बालिकाले बुवाले छोरीलाई सानैदेखि बुवाको जिम्मा लगाएर आफूहरु पर्वतमा व्यवसाय गरिरहेको बताउनुभयो । आमाले घटनामा संलग्नलाई कडाभन्दा कडा कारबाहीको पक्षमा आफूहरु रहेको बताउनुभयो । बालिकासँगै बालिकाका आमा–बुवा र मावली तर्फका आफन्तले जिल्ला अदालत बाँके र जिल्ला सरकारी वकीलको कार्यालय पुगेका थिए । 


 

अन्तिम अपडेट: फागुन २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया