इङ्लिस प्रिमियर लिग : चेल्सी बराबरीमा रोकियो, टोटेनह्याम एस्टन भिल्लासँग पराजित

 पुस १८, २०७९ सोमबार ६:५२:१० | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डाै - इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सी बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा चेल्सीले नटिङ्घम फरेस्टसँग १–१ गोलको बराबरी खेलेको हो । चेल्सीले सुरुआती एक गोलको अग्रता जोगाउन नसक्दा बराबरी खेल्नु परेको हो ।

खेलको १६औँ मिनेटमा रहिम स्टर्लिङले गोल गर्दै चेल्सीलाई सुरुआती अग्रता दिलाए पनि नटिङ्घम फरेस्टका सेर्जी औरिएरले खेलको ६३औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए । बराबरीसँगै चेल्सीले १६ खेलमा २५ अङ्क जोडेको छ । चेल्सी आठौँ स्थानमा रहेको छ । यस्तै, नटिङ्घम फरेस्ट १४ अङ्क जोडेर १८औँ स्थानमा छ ।

यस्तै, गएराति नै भएको  खेलमा एस्टन भिल्लाले टोटेनह्यामलाई हराएको छ । गएराति भएको खेलमा टोटेनह्याम २–० गोल अन्तरले पराजित भएको हो । एस्टन भिल्लाको  जितमा ईमी बुएन्डिया र डग्लास लुइजले एक/ एक गोल गरे । १२औँ स्थानमा रहेको एस्टन भिल्लाले १७ खेलमा २१ अङ्क जोडेको छ भने १७ खेलमै ३० अङ्क जोडेको टोटेनह्याम पाँचौँ स्थानमा छ ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया