साेलुखुम्बुकाे तापक्रम माइनस दुईभन्दा कम, जनजीवन कष्टकर

 पुस १८, २०७९ सोमबार १२:२७:३८ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु - चिसोले सोलुखुम्बुको जनजीवन कष्टकर बनेको छ । केही दिनयता निरन्तर बढेको चिसोका कारण नाम्चे, खुम्जुङ, थामे, लुक्ला लगायतका क्षेत्रका नागरिकको दैनिकी कष्टकर बनेको हाे ।

शुक्रवारदेखि नाम्चेसहितका क्षेत्रमा हिमपात सुरु भएसँगै चिसो अत्याधिक बढेको स्थानीयले बताएका छन् ।

चिसोका कारण त्यहाँका नागरिकहरु आगो तापेर बसेका छन् भने घर बाहिरको काम गर्न समेत कठिनाइ भएको लुक्लाका स्थानीय तोया कुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार सबैभन्दा बढी चिसोको मारमा वृद्धवृद्धा र बालबालिका परेका छन् ।

लुक्लाको न्यूनतम तापक्रम माइनस १ दशमलव ६ डिग्री सेल्सियसभन्दा तल झरेको हावापानी मापन केन्द्र लुक्लाले जनाएको छ । लुक्लाभन्दा माथिल्लो क्षेत्रको तापक्रम भने माइनस दुईभन्दा कम रहेको बताइएको छ। तापक्रम घटेसँगै पानी जम्न थालेकाले दैनिकी कष्टकर बनेको स्थानीयले बताएका छन् ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया