युनाइटेड सिमेन्ट उद्याेगले १६ कराेड १९ लाख रुपैयाँ विद्युत् महसुल तिर्नुपर्ने

 पुस १८, २०७९ सोमबार १९:१७:५८ | सिताराम अधिकारी
unn.prixa.net

धादिङ – धादिङको धुनिबेसी नगरपालिका जुगेडीमा सञ्चालित युनाइटेड सिमेन्ट उद्योग प्रालीले नेपाल विद्युत् प्राधिकरणलाई १६ करोड १९ लाख ४१ हजार आठ सय ९९ रुपैयाँ विद्युत् महसुल तिर्नुपर्ने भएको छ ।

सिमेन्ट उद्योगले विद्युत् खपत गरेबापतको रकम प्राधिकरणलाई तिर्नुपर्ने भन्दै धादिङ जिल्ला अदालतका न्यायाधीश स्वीकृति पराजुलीको इजलासले यो फैसला गरेको हो । विद्युत् महसुल छुट पाउनुपर्ने भन्दै नेपाल विद्युत् प्राधिकरणविरुद्ध उद्योगले चार वर्षअघि उच्च अदालत पाटनमा मुद्दा दायर गरेको थियो । उच्च अदालतका तत्कालीन मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश टेकनारायण कुवँरको इजलासबाट प्राधिकरणसँग सम्बन्धित निकायमा दाबी नगरि सिधै उच्च अदालत आएको भन्दै उत्प्रेषणको आदेशबाट रिट बदर भएको थियो ।

२०७३ भदौदेखि २०७५ चैतसम्म महसुल तिर्नुपर्ने नेपाल विद्युत् प्राधिकरणले ठहर गरी महसुल चुक्ता गर्न उद्याेगलाई आग्रह गरेको थियो । महसुल छुट दिनुपर्ने माग गर्दै गरिएको सिमेन्ट उद्योगको दाबी नपुग्ने भएपछि उद्योगले यो रकम तिर्नुपर्ने भएकाे छ । 

अन्तिम अपडेट: बैशाख १, २०८१

सिताराम अधिकारी

धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया