इङ्लिस प्रिमियर लिगमा ब्रेन्टफोर्डले लिभरपुललाई ३–१ गोलले हरायो

 पुस १९, २०७९ मंगलबार ६:४३:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इङ्लिस प्रिमियर लिग फुटबलमा ब्रेन्टफोर्डले लिभरपुललाई हराएको छ । गएराति भएको खेलमा ब्रेन्टफोर्डसँग लिभरपुल ३–१ गोलले पराजित भयो ।

लिभरपुलका इब्राहिम कोन्टेले खेलको १९औँ मिनेटमा आत्मघाती गोल गरेपछि अग्रता लिएको ब्रेन्टफोर्डले थप दुई गोल गर्यो । उसका योने विसाले खेलको ४२औँ र ब्रायन एमबेउमोले ८४औँ मिनेटमा गोल गरे । लिभरपुलका एलेक्स अक्सलेड च्याम्बरलेनले एक गोल फर्काए । उनले खेलको ५०औँ मिनेटमा गोल गरे ।

ब्रेन्टफोर्डसँग पराजित लिभरपुल १७ खेलमा २८ अङ्कका साथ तालिकाको छैटाैँ स्थानमा रहेको छ । ब्रेन्टफोर्ड १८ खेलमा २६ अङ्कका साथ सातौँ स्थानमा छ । प्रिमियर लिगमा १६ खेलमा ४३ अङ्कका साथ आर्सनल शीर्ष स्थानमा छ ।

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया