नेपाल टी–२० क्रिकेट लिग : लुम्बिनीले काठमाण्डौलाई १ सय २ रनले हरायो

 पुस २०, २०७९ बुधबार १३:४:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल टी–२० क्रिकेट लिगमा लुम्बिनी अल स्टारले काठमाण्डौ नाईट्सलाई १ सय २ रनले हराएको छ । लुम्बिनीले दिएको १ सय ८४ रनको लक्ष्य पछ्याएको काठमाण्डौ १५ ओभर ४ बलमा ८१ रनमा अलआउट भयो ।

काठमाण्डौमा बसिर अहमदले २२, कमलसिंह ऐरीले १६ तथा कप्तान ज्ञानेन्द्र मल्ल र लोकेश बमले समान १५ रन बनाए । लुम्बिनीका ह्यारी टेक्टर, कुशल भुर्तेल र इशान पाण्डेले समान २/२ विकेट लिए । कीर्तिपुर मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको लुम्बिनीले निर्धारित १७ ओभरमा ६ विकेट गुमाएर १ सय ८३ रन बनाएको थियो । लुम्बिनीका हरमित सिंहले अर्धशतक ७० रन बनाए ।

काठमाण्डौका अभिनास बोहोराले ३ तथा बसिर अहमदले २ विकेट लिए । आजको खेल १७ ओभरमा झारिएको थियो । ९ खेलमा ८ वटा जितेको लुम्बिनी १६ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा छ । ८ खेलमा ४ वटा जितेको काठमाण्डौ ८ अंकसहित तेस्रो स्थानमा छ ।

आजको दोस्रो खेलमा अहिले फार वेस्ट युनाईटेड र विराटनगर सुपर किंग्स खेल्दैछन् । विराटनगर ७ खेलमा ४ अंकका साथ पाँचौ र ६ खेलमा २ अंकका साथ फार वेस्ट पुछारमा छ । नेपाल टी–२० क्रिकेट लिगका खेल कीर्तिपुर मैदानमा हुँदै आएका छन् ।
 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया