आहा रारा गोल्डकपको फाइनलमा पुग्न आज चर्च ब्वाइज र भुटानी युथ खेल्दै

 पुस २१, २०७९ बिहिबार ११:४५:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - आहा रारा गोल्डकप फुटबलको दोस्रो सेमिफाइनलमा आज चर्च ब्वाइज युनाइटेड र भुटानी युथ स्पोर्ट्स क्बल खेल्दैछन् ।

खेल पोखरा रङ्गशालामा दिउँसो २ बजेदेखि सुरु हुनेछ । आजको विजेताले फाइनलमा सङ्कटा क्लबसँग खेल्नेछ ।

हिजो भएको पहिलो सेमिफाइनलमा साविक विजेता नेपाल एपीएफ क्लबलाई ४–१ गोलले हराउँदै सङ्कटा फाइनलमा पुगेको हो ।

फाइनल खेल पर्सि शनिवार हुनेछ । उपाधि विजेताले १२ लाख र उपविजेता टोलीले ६ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया