पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
अर्घाखाँची – सन्धिखर्कमा निर्माण हुने अर्घाभगवति विमानस्थलको शिलान्यास भएको २७ महिना पछि ड्रोन क्यामेरामार्फत सर्भे सुरु गरिएको छ ।
शिलान्यास भएपछि विमानस्थल क्षेत्रमा भएका रुखहरु काटिएका छन् । रुखहरु काटिएपछि विस्तृतमा ड्रोन क्यामेरामार्फत सर्भे सुरु गरिएको हो । पूर्वउपप्रधान मन्त्री टोपबहादुर रायमाझीले निर्माणाधीन अर्घाभगवति विमानस्थललाई छिट्टै सम्पन्न गर्न आफू लागि परेकोे बताउनु भएको छ ।
सन्धिखर्क नगरपालिका वडा नं १० धरम्पानीको शिखरबार्नीमा निर्माण हुन लागेको विमानस्थलको २०७३ साल असार १३ गते तत्कालीन नेपाल सरकारका उपप्रधान तथा उर्जामन्त्री टोप बहादुर रायमाझिले शिलान्यास गर्नुभएको थियो ।
शिलान्यास कार्यक्रममा तत्कालीन उपप्रधानमन्त्री टोप बहादुर रायमाझिसहित नागरिक उड्डयन प्राधिकरणका निर्देशक ध्रुवदास मोहिमोया पनि उपस्थित थिए । नगारिक उड्डयन प्राधिकरणले काम गर्न ढिला गरेपछि विमानस्थल बन्ने नबन्नेमा जिल्लाबासीन्दाहरु शसंकित भएका छन् ।
विमानस्थल बन्छ र छिटो छरितो यात्रा गर्न पाइएला भनेर आश गरेर बसेका अर्घाखाँचीका स्थानीयहरु अब विमानस्थल नबन्ने त हैन भनेर चिन्ता ब्यक्त गर्न सुरु गरिसकेका छन् । रुख कटान सुरु भएपछि अब ढिलै भए पनि विमानस्थल बन्छ कि भन्नेमा स्थानीय तथा जिल्लाबासीन्दाले आशा गर्न थालेका थिए । तर बल्ल सर्भे सुरु हुन थालेपछि त्यो आशा पनि निराशामा परिणत हुन थालेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।