इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले चेल्सीलाई हरायो

 पुस २२, २०७९ शुक्रबार ७:२:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले चेल्सीलाई हराएको छ ।

आज बिहान भएको खेलमा सिटी १–० गोलले विजयी भएकाे हाे । सिटका रियाद महारेजले खेलको ६३ औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो । जितसँगै सिटीको १७ खेलमा ३९ अङ्क भएको छ ।

सिटी अङ्क तालिकाको दोस्रो स्थानमा छ । शीर्ष स्थानमा रहेको आर्सनलको १७ खेलमा ४४ अङ्क छ । पराजित चेल्सीको १७ खेलमा २५ अङ्क छ । चेल्सी अङ्क तालिकाको १०औँ स्थानमा छ ।

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया