सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले बढ्यो
फागुन २८, २०८१ बुधबार
रसुवा – रसुवामा निर्माणाधीन माथिल्लो सान्जेन जलविद्युत आयोजनाको पावर हाउसको निर्माण कात्तिक दोस्रो साताबाट सुरु हुने भएको छ ।
सुरुङ निर्माण तथा पेनस्टक निर्माणको काम सकिएकाले पावर हाउसको काम सुरु गर्न लागिएको हो । सुरुङको सर्पोट र ढलान गर्ने कार्य सकिएको आयोजना प्रमुख सुदन सिंह महतले बताउनुभयो । ‘आयोजनामा अहिले हाइड्रोमेकानिकलको काम भइरहेको छ, उहाँले भन्नुभयो, आगामी चैतसम्ममा हेडबक्सको काम सकिन्छ ।’
जिल्लाको आमाछोदिङ्मो गाउँपालिका–५ चिलिमेमा निर्माण भइरहेको आयोजनाको २०६८ असोज २३ गते आयोजनाको पीपीए भएको थियो । १४.८ मेगावट क्षमताको आयोजनाको ६८ प्रतिशत भौतिक प्रगति भइसकेको छ ।
३ सय ५० मिटर पेनस्टकमा पाइप राख्नुपर्नेमा २३ मिटर पाइप राखिएको छ । २०७६ मंसिरसम्ममा निर्माण सम्पन्न हुने आयोजनाले जनाएको छ । आयोजना निर्माणका लागि अहिलेसम्म दुई पटकसम्म म्याद थप गरिएको छ ।
दोस्रो पटक थपिएको म्याद अनुसार आगामी माघसम्ममा निर्माण सम्पन्न गर्नुपर्ने हुन्छ । आयोजनाको २०७२ साउन १५ गते निर्माण सम्पन्न गर्ने लक्ष्य थियो । निर्धारित समयमा निर्माण सम्पन्न गर्न नसक्दा दुई पटकसम्म म्याद थप गरिएको थियो । आयोजनाले फेरि पनि म्याद थप गर्नका लागि प्रक्रिया सुरु गरेको छ ।
आयोजनाकोे भूमिगत सुरुङ एक हजार तीन सय मिटर रहेको छ । सिभिल ठेकेदार इसिआई बज्रगुरुले आयोजना निर्माण गरिरहेकोे छ । सिभिल कार्यमा इसीआई बज्रगुरु जेभी, इलेक्ट्रोमेकानिकलमा चिनियाँ ठेकेदार तोनफाङ इलेक्ट्रिक इन्टरनेशन कर्पोरेसन, हाइड्रोमेकानिकलमा नेपाल हाइड्रो एण्ड इलेक्ट्रिक लिमिटेड र प्रशारण लाइन निर्माणमा मुडभरी एण्ड जोशी कन्स्ट्रक्सन प्रालिले काम गरिरहेका आयोजनाले जनाएको छ ।
आयोजनाको सिभिलतर्फ ६८, इलेक्ट्रोमेकानिकलतर्फ ५३ र हाइड्रोमेकानिकलतर्फ ६० प्रतिशत काम सम्पन्न भएको आयोजनाले जनाएको छ ।
आयोजनाले पावर हाउसदेखि चिलिमे हवसम्म ७ किलोमिटर प्रशारण लाइन निर्माण गर्नुपर्छ । १३२ केभी क्षमताको प्रशारण लाइन निर्माणका लागि मुडभरी एण्ड जोशी कन्स्ट्रक्सन प्रालिसँग ठेक्का सम्झौता भएर कार्य अघि बढेको आयोजनाले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।