ह्युम पाइपले च्यापिएर एक बालकको मृत्यु, तीन बालिका घाइते

 असोज २३, २०७५ मंगलबार ८:२७:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

पर्सा – पर्सामा ह्युम पाइपमाथि खेल्ने क्रममा पाइप गुडेर च्यापिँदा एक बालकको ज्यान गएको छ । तीन बालिका घाइते भएका छन् । 

सोमबार बेलुकी विरगञ्ज महानगरपालिका ९ रातो बंगलामा पाइपमाथि खेलिरहेको बेलामा पाइप गुडेर च्यापिँदा विरगन्ज ९ रानीघाटका बाल मुकुन्द प्रसाद राउतका ८ वर्षका छोरा रोहितको ज्यान गएको प्रहरीले जनाएको छ । रोहितको उपचारको क्रममा सोमबार राति ज्यान गएको हो ।

यस्तै पाइपले च्यापिएर पर्साकै जिरा भवानीपुर गाउँपालिका १ का गोविन्द चौधरीका १० वर्षकी अनुष्का र ४ वर्षकी अंकिता तथा विरगन्ज ९ का राकेश यादवकी ९ वर्षकी छोरी आयुषा घाइते भएका छन् । उनीहरुको विरगन्ज हेल्थ केयर विरगन्जमा उपचार भैरहेको प्रहरीले जनाएको छ । थुपारेर राखेको ह्युम पाइपमा खेल्ने क्रममा पाइप गुडेको हो । 

अन्तिम अपडेट: फागुन २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया