पाकिस्तान–न्युजिल्यान्डबीचकाे दाेस्राे टेस्ट पनि बराबरीमा सकियाे

 पुस २२, २०७९ शुक्रबार १९:४७:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डाै – पाकिस्तान र न्युजिल्यान्डबीचको दोस्रो टेस्ट पनि बराबरीमा सकिएको छ । न्युजिल्यान्डले दिएको तीन सय १९ रनको लक्ष्य पछ्याएको पाकिस्तानले नौ विकेट गुमाएर तीन सय चार रन बनाएको अवस्थामा खेल बराबरीमा सकिएको हो ।

पाकिस्तानका लागि सरफराज अहमेदले एक सय १८, शन मसूदले ३५, सउद शकीलले ३२ र अघा सलमानले ३० रन बनाए । न्युजिल्यान्डका माइकल ब्रेसवेलले चार तथा कप्तान टिम साउथी र इश सोधीले दुई–दुई विकेट लिए ।

दोस्रो पारीमा न्युजिल्यान्डले पाँच विकेट गुमाएर दुई सय ७७ रन बनाउँदै पारी सकिएको घोषणा गरेका थियो । न्युजिल्यान्डका टम ब्लनडेल र माइकल ब्रेसवेलले समान ७४, टम लाथमले ६२ र केन विलियमसनले ४१ रन बनाएका थिए । पाकिस्तानका नसीम शाह, मिर हम्जा, अबरार अहमेद, हसन अली र अघा सलमानले समान एक–एक विकेट लिएका थिए ।

यी दुई टोलीबीचको पहिलो टेस्ट पनि बराबरीमा सकिएको थियो । योसँगै दुई खेलको टेस्ट शृङ्खला बराबरीमा सकिएको छ ।

अब यी दुईबीचको तीन खेलको एकदिवसीय शृङ्खला आउँदो सोमवारदेखि सुरु हुँदैछ । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया