किर्ते गरेको आरोपमा कालीकोटको देव माध्यमिक विद्यालयका प्रधानाध्यापक पक्राउ

 पुष २३, २०७९ शनिबार ११:२४:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

कालीकोट - कालीकोट महावै गाउँपालिका–३ का ५४ वर्षका देउला सिंह ठकुरीलाइ किर्ते गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

स्थानीय देव माध्यमिक विद्यालयका प्रधानाध्यापक ठकुरीलाई आफ्नो र लेखापालको संयुक्त नाममा रहेको विद्यालयको चेकमा लेखापालको दस्तखत किर्ते गरेको आरोपमा हिजो पक्राउ गरेको प्रहरीले जनाएको छ ।

ठकुरीले विद्यालयको खाताबाट १७ लाख रुपैयाँ भन्दा धेरै रकम निकालेको र दस्तखत किर्ते गरेको कसुरमा गएको पुस २१ गते जिल्ला प्रहरी कार्यालय कालीकोटमा उजुरी दर्ता भएको थियो ।

पक्राउ परेका प्रधानाध्यापक ठकुरीका बारेमा थप अनुसन्धान भइरहेको कालीकोटका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताउनुभयो ।

अन्तिम अपडेट: असोज ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया