घरेलु टाेली अस्ट्रेलियामाथि भारतकाे २ सय १८ रनकाे अग्रता
मंसिर ८, २०८१ शनिबार
रामेछाप – पछिल्लो समय रामेछापमा ढुङ्गा माटो जडान गरेर माटोले लिपिएका र खरले छाएर चिटिक्क पारेका परम्परागत घर लोप हुँदै गएका छन् । ढुङ्गा माटो र खरले छाएको घरलाई पछिल्लो समय जस्ता, इँटा र सिमेन्टको घरले विस्थापित गर्दै आएको हो ।
२०७२ सालको बिनासकारी भूकम्पले प्राय सबै पुराना परम्परागत घरहरु भत्किएपछि पुनर्निमार्णको क्रममा बनेका अधिकासं घरहरु इट्टा, सिमेन्ट र जस्तापाताको छानो प्रयोग गरि निमार्ण गरेका छन् । त्यले पनि खरले छाएका घरहरु विस्थापित हुन पुगेका हुन् ।
यस्तै रामेछापबाट वैदेशिक रोजगारिको लागि जाने संख्यामा बृद्धि भएको छ । यसले यहाँको आर्थिक अवस्था उकासेकोसँगै नयाँ पक्की घर बन्न थालेका छन् । यस्तै खरको छाना भएका घरहरु दुई तीन वर्षमा मर्मत गरिरहनुपर्ने, खर नै नपाइने, छानो छाउने सीप भएको मिस्त्री नै भेटिन मुश्किल पर्ने भएकाले पनि पुराना परम्परागत घरहरु छाडेर नयाँ आधुनिक किसिमका घरहरु निमार्ण हुने क्रम बढेको हो ।
सडक सञ्जालको विस्तार भएसँगै निर्माण सामग्री गाउँगाउँसम्म पुग्न थाले । सिमेन्ट, छड र इँटा गाउँसम्म पुग्ने भएपछि सबै नागरिकको रोजाइमा सिमेन्टको पक्की घर पर्न गयो ।
जलवायु परिर्वतनको कारण गाउँमा वर्षातको समयमा समेत पानी कम पर्न थालेपछि घर छाउन प्रयोग गरिने खर उत्पादनमासमेत कमी हुँदै आएको छ । गाउँमा खर पाउनै छाडेपछि घर छाउन समस्या एकातिर हुँदै आएको छ भने अर्कोतिर खरको छानो भएको घर आगलागीको हिसाबले अत्यन्तै जोखिम समेत मानिने भएकाले खरको छानो विस्थापत गरेर अन्य विकल्पको खोजीमा लागेको रामेछाप नगरपालिकाका प्रमुख लवश्री न्यौपाने बताउनुहुन्छ ।
यस्तै परम्परागत ढुङ्गा माटो र खरले छाएको घर स्वास्थ्यको हिसाबले धेरै राम्रो मानिने मन्थली अस्पतालका डा.केशब धामी बताउनुहुन्छ ।
‘परम्परागत घर गर्मीको समयमा चिसो र जाडोको समयमा न्यानो हुँदा ज्येष्ठ नागरिक, बालबालिका र सुुत्केरी महिलालाई धेरै फाइदा पुुग्छ’, उहाँले भन्नुभयो ।
परम्परागत घरहरु मात्र लोप भएनन् । पछिल्लो समय गोरेटा बाटा र चौताराहरु प्नि सुनसान बनेका छन् । केही वर्ष अघिसम्म साविकको भटौली गाविसको मुुगिटार हुँदै पकरवासको सान्डे बेसिको उकालो बाटोमा पैदल हिड्ने बटुवा बाक्लै देखिन्थे । सान्डेको उकालोपछि डाँडामा रहेको वरपिपलको चौतारामा भारि बिसाएर बस्ने भरिया र बटुवाको भिड लाग्ने गर्दथ्यो । तर अहिले त्यो गोरेटो बाटो र चौतारो दुवै सुनसान बनेका छन् ।
सडक निमार्ण नहुँदा रामेछापको सदरमुकाम मन्थलीको तामाकोशी घाटमा रहेको नदी डुुङ्गाबाट तरेर भटौलीको मुुगिटारको बगर हुँदै पकरबास रजगाउँको उकालो लाग्दै सान्डे बाट पुछिघाटमा रहेको सुनकोशी नदी तरेर काठमाण्डाैतर्फ जाने पैदल यात्रीको लर्को लाग्ने गर्दथ्यो । उक्त बाटोमा हिड्ने सबै बटुवाको बस्ने संगम स्थलमा रहेको सान्डेडाँडाको चौतारो यतिखेर सुनसान बनेको छ ।
सान्डेडाँडाको चौतारो मात्र हैन त्यस वरपरका बस्तीहरु समेत सुनसान अवस्थामा रहेका छन् । पहिला सडक नहुँदा सान्डेको गोरेटो बाटो हुँदै हिँड्ने हजाराैँ यात्रीहरु अहिले नदीमा जताततै पुल र सडक निमार्ण भएसँगै यातायातका साधनमा हिँड्न लागेपछि पैदल हिँड्ने गोरेटो बाटो र थकाई बिसाउने चौतारा दुवै सुनसान बनेका हुन् ।
पहिला त यो बाटोमा हिँड्ने यात्रीहरु बाक्लै थिए । भारी बोक्ने भरियाले गर्दा सानो र साँघुरो बाटोमा त पालो नै कुर्नुपर्ने थियो । तर अहिले सडक निमार्ण भएसँगै गाउँका चौतारा र बाटो दुवै बन्जर भएका खाँडादेवी गाउँपालिका–४ सान्डेका दीपक कार्की बताउनुहुन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ ।