विराटनगर र काठमाण्डौ नेपाल टी–२० क्रिकेट लिगको प्लेअफमा प्रवेश

 पुष २३, २०७९ शनिबार १६:३०:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – विराटनगर सुपर किंग्स र काठमाण्डौ नाइट्स नेपाल टी–२० क्रिकेट लिगको प्लेअफमा पुगेका छन् । आज विराटनगरले काठमाण्डौलाई हराएर प्लेअफमा स्थान पक्का गरेको हो भने फार वेस्टले पोखरालाई हराउँदा काठमाण्डौले पनि प्ले अफमा पुग्ने मौका पाएको हो ।

त्रिवी क्रिकेट मैदानमा भएको पहिलो खेलमा  विराटनगरले काठमाण्डौलाई ७ विकेटले हरायो । काठमाण्डौले दिएको १ सय ५५ रनको लक्ष्य विराटनगरले १८ ओभर ४ बलमा ३ विकेट गुमाएर भेट्टायो । उसका कप्तान रोहित पौडेलले ६६ रन तथा गौरान्शु शर्माले नटआउट ५१ रन बनाए ।

दोस्रो खेलमा फार वेस्ट युनाइटेडले पोखरा एभेञ्जर्सलाई ४१ रनले हरायो । १ सय ८८ रनको लक्ष्य पछ्याएको पोखरा १८ ओभर १ बलमा एक सय ४६ रनमा अलआउट भयो । उसका लागि प्रतिस जिसीले ११ बलमा ३४ रन बनाए भने उपुल थरङ्गाले ३६ रन बनाए । फार वेस्टका दुर्गेश गुप्ताले ३ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको फार वेस्टका हशमतुल्लाह शाहिदीले ६७ र विनोद भण्डारीले ५९ रन बनाए ।  

भोलि पहिलो क्वालिफायरमा शीर्ष स्थानको लुम्बिनी अल स्टार्स र दोस्रो स्थानको जनकपुर रोयल्सले खेल्नेछन् । विजेता सिधै फाइनलमा पुग्नेछ, हार्ने टोलीले प्लेअफकाे विजेतासँग खेल्नेछ । यस्तै, विराटनगर र काठमाण्डौले प्ले अफ खेल्नेछन् । हार्ने टोली बाहिरिनेछ भने जित्ने टोलीले फाइनल प्रवेशको लागि इलिमिनेटरमा लुम्बिनी र जनकपुरमध्ये हार्ने टाेलीसँग खेल्नेछ । 

अन्तिम अपडेट: मंसिर १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया