आहा रारा पोखरा गोल्डकपको उपाधि संकटा क्लबलाई

 पुस २३, २०७९ शनिबार १६:५२:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – २२ औँ संस्करणको आहा रारा पोखरा गोल्डकपको उपाधि संकटा क्लबले जितेको छ । पोखरा रंगशालमा भएको खेलमा अमेरिकाको भुटनिज युथ स्पोर्टसलाई ३–२ गोलले हराउँदै संकटाले उपाधि जितेको हो ।

निर्धारित ९० मिनेटको खेल २–२ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयको १ सय १७ औँ मिनेटमा सुनिल बलले गोल गरेपछि संकटाले उपाधि जितेको हो ।

आठौं मिनेटमा सुरज ज्यु ठकुरीले गोल गर्दै संकटालाई अग्रता दिलाएका थिए । ३५ औं मिनेटमा मेसुके ओलुमोउले गोल गर्दै संकटालाई २–० को अग्रता दिलाए । तर भुटनिजका ३७ औँ मिनेटमा रेने सान्टिलोनले र पहिलो हाफको इन्जुरी समयमा विलिस ग्रिफिथले गोल गर्दै खेल २–२ गोलको बराबरीमा ल्याएका थिए ।

त्यसपछि नियमित समयमा गोल नहुँदा खेल अतिरिक्त समयमा पुगेको थियो । प्रतियोगिताको विजेता संकटाले १२ लाख र दोस्रो भएको भुटनिज युथ स्पोर्टसले ६ लाख रुपैयाँ प्राप्त गरेको छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया