प्राप्त उपलब्धिको रक्षा र कार्यान्वयन गर्नु अबको संसद्को मुख्य काम : यादव

 पुष २५, २०७९ सोमबार १५:२२:५५ | रासस
unn.prixa.net

काठमाण्डौ – जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक रामसहायप्रसाद यादवले राजनीतिक आन्दोलनबाट प्राप्त उपलब्धिलाई संरक्षण गरेर अगाडि बढ्नुपर्ने बताउनुभएको छ । प्रतिनिधि सभाको आज सोमवार बसेको पहिलो बैठकलाई सम्बोधन गर्दै उहाँले प्राप्त उपलब्धिको रक्षा र कार्यान्वयन गर्नु यो संसद्को मुख्य काम भएको बताउनुभयो ।

‘गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समावेशी तथा समानुपातिक प्रतिनिधित्वलगायतका उपलब्धिलाई संस्थागत र कार्यान्वयन गर्नु अहिलेको संसद्को मुख्य काम हो’, उहाँले भन्नुभयो, ‘सङ्घीयताको कार्यान्वयन गर्ने यसअघिका सरकारको प्रतिबद्धता अहिलेसम्म कार्यान्वयन भएको छैन, संविधानले दिएको अधिकार प्रदेशलाई हस्तान्तरण हुन सकेको छैन । सङ्घले नै सङ्घीयतालाई कमजोर बनाउने प्रयत्न गरिरहेको आभास भइरहेको छ ।’

सङ्घीयतालाई असफल बनाउँदै पुनः केन्द्रिकृत शासन फर्काउने प्रत्यत्न भएको दाबी गर्दै प्रमुख सचेतक यादवले सङ्घीयतालाई बलियो बनाउने काम सबैले गर्नुपर्ने बताउनुभयो । ‘प्रदेशलाई अधिकार सम्पन्न बनाउनुपर्छ, त्यसका लागि विभन्न कानून बनाउनुपर्छ’, उहाँले भन्नुभयो । जनतलाई सङ्घीयताको अनुभूति दिलाउनका लागि अत्यावश्यक मानिएका निजामती, प्रहरीलगायत ऐन अझै जारी हुन नसकेको उहाँको भनाइ छ ।

नागरिकता विधेयक टुङ्गोमा नपुग्दा लाखौँ नेपाली अझै अनागरिक बन्नुपरेको पुनः स्मरण गराउँदै उहाँले तुरुन्त नागरिकता विधेयक पारित गरेर गैरनागरिक बनेका नेपालीलाई नागरिकता दिलाउन आग्रह गर्नुभयो । वर्तमान सरकारले नागरिकको अपेक्षाअनुसारको काम गर्ने विश्वास व्यक्त गर्दै उहाँले सरकारले जनजीविकाका सवाल सम्बोधन गर्न ध्यान दिनुपर्ने बताउनुभयो ।

अन्तिम अपडेट: कात्तिक २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया