प्रदेश १ मा माओवादीकाे सहभागिताविना नै एमालेकाे नेतृत्वमा सरकार बन्याे

 पुष २५, २०७९ सोमबार १६:४९:५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – प्रदेश १ मा नेकपा माओवादी केन्द्रको सहभागिताविना नै नेकपा एमालेको नेतृत्वमा सरकार बनेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीको नेतृत्वमा चार सदस्यीय मन्त्रिपरिषद् गठन गरिएको हो ।

एमालेका तिलकुमार मेन्याङ्बो, राप्रपाका भक्ति सिटौला र जसपाका निर्मला लिम्बु मन्त्री नियुक्त भएका छन् । मन्त्रीहरूको जिम्मेवारी बाँडफाँट भएको छैन । प्रदेश सरकारमा सम्मानजनक भूमिका नपाएको र आलोपालोको ग्यारेन्टी नभएको भन्दै  माओवादी केन्द्रले तत्काल सरकारमा नजाने बताएपछि तीन दलको संलग्नतामा सरकार गठन भएको छ ।

हिजो आइतवार मुख्यमन्त्रीको दाबी पेस गर्दा भने माओवादीले एमाले नेता कार्कीलाई समर्थन दिएको थियो । मुख्यमन्त्री तथा मन्त्रीहरूले प्रदेश प्रमुख परशुराम खापुङसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् । 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया