चितवनमा नक्कली नोटसहित एक जना पक्राउ

 पुष २६, २०७९ मंगलबार ९:१९:३२ | रासस
unn.prixa.net

चितवन - चितवनमा नक्कली नोटसहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कालीका नगरपालिका वडा नं १ बस्ने ४२ वर्षीय गङ्गा तामाङ रहेका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

उनको कोठाबाट एक हजार दरका एक सय ३७ थान खोटा मुद्रा (नक्कली नोट) बरामद गरिएको कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिनुभयो ।

पक्राउ परेकी तामाङको कोठाबाट भेटिएका मुद्रा नक्कली भएको उहाँले बताउनुभयो । उनलाई मुद्रासम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान सुरु गरिएको उहाँले बताउनुभयो ।
 

अन्तिम अपडेट: कात्तिक ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया