खुम्बु जोड्ने सडक कालोपत्रेका लागि ६० करोडको टेण्डर आह्वान

 पुस २७, २०७९ बुधबार १०:४८:२१ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु – सोलुखुम्बुकोे तल्लो क्षेत्रबाट खुम्बु क्षेत्र जोड्ने सडक कालोपत्रेका लागि ६० करोड बराबरको टेण्डर आह्वान भएको छ ।

जिल्लाको माप्यदुधकोशी गाउँपालिकाबाट खुम्बु पासाङ लहामु गाउँपालिका जोड्ने सडकका लागि निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रम अन्तरगतको परियोजनाका लागि आज (बुधबार) टेण्डर आह्वान गरिएको हो । जिल्लाको पर्यटन विकासका लागि तल्लो सोलुलाई सगरमाथा क्षेत्रमा पर्ने खुम्बुसम्म सडक सञ्जालले जोड्ने उद्देश्यका साथ तत्कालीन संघीय सांसद हेमकुमार राई ‘शूरवीर’ले २०७६ साल फाल्गुन २५ गतेको दिन सल्लेरी–सिलगुडीडाडाँ–काँकु–बासा–ओर्लाङ्गघाट–जुभिङ–खरिखोला–लुक्ला चौरीखर्क सडक खण्ड कालोपत्रेलाई निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रममा समावेश गर्न भौतिक पूर्वाधार मन्त्रालयमा सिफारिस गर्नुभएको थियो ।

त्यही सिफारिसको आधारमा छनोट भएको याे सडक कालोपत्रेका लागि टेण्डर प्रक्रिया अघिल्लो वर्ष नै अघि बढ्नुपर्ने भए पनि प्राविधिक कारणले रोकिएको थियो । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया