१६ लाख रुपैयाँ हुण्डी रकमसहित एक जना भारतीय नागरिक पक्राउ

 पुस २७, २०७९ बुधबार १२:४१:५० | सुजीत झा
unn.prixa.net

धनुषा – हुण्डी रकमसहित एक जना भारतीय नागरिकलाई धनुषा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत विहार राज्य मधुवनी जिल्ला ग्राम पञ्चायत दुहवी महिनाथपुरका ४२ वर्षीय राजेशकुमार साह रहेकोे जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

साहलाई स्रोत नखुलेको १६ लाख रुपैयाँसहित पक्राउ गरिएको छ । प्रहरीका अनुसार याे रकम हुण्डी कारोबारमा प्रयोग भएको खुलेको छ ।

साहमाथि शंका लागेर जाँच गर्दा स्कुटरको डिक्कीभित्र लुकाइ भारतबाट नेपालतर्फ ल्याउँदै गरेको बेला धनुषाको विदेह नगरपालिका–२ दुहवीबाट पक्राउ गरिएको हाे । कालो प्लाष्टिकको झोलामा एक हजारको नोट ७ सय ४८ थान, पाँच सयको नोट एक हजार ६ सय ४४ थान, एक सयको दुई सय ६० थान र ५० रुपैयाँका ८० थान नोट प्रहरीले बरामद गरेकाे छ ।

बरामद भएको रकम जनकपुर भन्सार कार्यालयमा पठाइएको  छ भने साह अहिले धनुषा प्रहरीको नियन्त्रणमा रहेका छन् ।  

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुजीत झा

सुजीत झा धनुषाका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया