अर्थतन्त्रमा देखिएकाे चुनाैती हल गर्न निजी क्षेत्रकाे याेगदान महत्त्वपूर्ण : प्रधानमन्त्री

 पुष २७, २०७९ बुधबार १६:१६:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

गोरखा – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रमा देखिएको चुनौती हल गर्न निजी क्षेत्रको योगदान महत्त्वपूर्ण हुने बताउनुभएको छ । 

नेपाल उद्योग वाणिज्य सङ्घ गोरखाले आयोजना गरेकाे गोरखा महोत्सवमा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रलाई गति दिन सार्वजनिक–निजी क्षेत्रको सहकार्य अनिवार्य रहेकोमा जोड दिनुभएको हो । 

प्रधानमन्त्री भएपछि मन्त्रिपरिषद्काे पहिलो बैठकबाट नै अर्थतन्त्रमा सुधारका निम्ति लिनुपर्ने नीति र उपायका बारेमा गम्भीर छलफल भएको बताउनुहुँदै उहाँले अर्थतन्त्रको विकासका लागि निजी क्षेत्रको प्रगति र योगदान आवश्यक भएको बताउनुभयो । आर्थिक विकासका चुनौती हल गर्दै सामाजिक न्यायको प्रत्याभूति, सुशासन र समृद्धि हासिल गर्न सम्मानित संसदमासमेत प्रतिबद्धता व्यक्त गरेको उहाँले स्मरण गर्नुभयो । 

गोरखाका नागरिकले दिएको मतले प्रधानमन्त्री बन्न सफल भएकोमा आभार व्यक्त गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले चुनावी प्रतिबद्धताअनुसार जिल्लाको विकासका लागि प्रतिबद्ध रहनेसमेत बताउनुभयो । कृषिको आधुनिकीकरण, भौतिक पूर्वाधारको विकास, पर्यटन, कला संस्कृतिको संरक्षण, साना घरेलु उद्योगको प्रवर्द्धन र ठूला उद्योग निर्माण र बूढीगण्डकी जलविद्युत् आयोजना, बेनीघाट–आरुघाट–लार्के सडक, पालुङटार विमानस्थललगायतका ठूला आयोजना अघि बढाउँदै रोजगारी सिर्जनामार्फत गोरखालाई सिङ्गो देशको समृद्धिका लागि नमुना जिल्ला बनाउने प्रतिबद्धता पूरा गर्न आफू लागिपर्ने उहाँको भनाइ थियो । 

सिङ्गो संसद्को विश्वास पाएर प्रधानमन्त्री बन्न सफल भएको बताउँदै उहाँले संसदमा प्राप्त विश्वासले नेपाली र गोर्खाली नागरिककाे समेत सम्मान भएको उल्लेख गर्नुभयो ।

अन्तिम अपडेट: असोज ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया