बाग्मती प्रदेशका सभामुख पाठकद्वारा शपथ ग्रहण

 पुष २९, २०७९ शुक्रबार १६:१४:२२ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – बाग्मती प्रदेशका नवनिर्वाचित सभामुख राप्रपाका भुवनकुमार पाठकले शपथ ग्रहण गर्नुभएकाे छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले सभामुख पाठकलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हाे । निर्वाचित भएलगतै पाठकलाई प्रदेश प्रमुखले शपथ ग्रहण गराउनुभयो ।

शपथ ग्रहण कार्यक्रममा प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल, आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलिया, विनाविभागिय मन्त्री उद्धव थापा, प्रदेश सभा सदस्यहरु, प्रदेश सरकारका सचिवहरू लगायतकाे उपस्थिति थियाे ।

यसैगरी आज दिउँसो प्रदेश सभामा भएकाे सभामुखको चुनावमा पाठक ६२ मत प्राप्त गर्दै विजयी हुनुभएको हो । सत्ता गठबन्धनका तर्फबाट राप्रपाका महामन्त्री भुवन पाठक, नेपाली कांग्रेसका समानुपातिक सांसद शिवराज अधिकारी र नेमकिपाकी सांसद सिर्जना सायजुले सभामुखमा उम्मेदवारी दर्ता गराउनुभएकाे थियाे ।

अन्तिम अपडेट: मंसिर ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया