प्रिमियर लिग : उत्कृष्ट पुनरागमनसँगै युनाइटेडले सिटीलाई हरायो

 पुस ३०, २०७९ शनिबार २०:४४:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै -  इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले म्यानचेस्टर सिटीलाई २–१ गोलले हराएको छ ।

६० मिनेटमा सिटीले गोल गरेर अग्रता लिएको थियो । तर ४ मिनेटभित्रै २ गोल गरेर युनाइटेडले उत्कृष्ट पुनरागमन गर्यो । ७८ मिनेटमा ब्रुनो फर्नान्डेज र ८२ मिनेटमा मार्कुस रास्फोर्डले गोल गरेर युनाइटेडलाई जिताए । जितसँगै युनाइटेड ३८ अंकका साथ तेस्रो स्थानमा पुगेको छ ।

म्यानचेस्टर युनाइटेडले न्युक्यासल युनाइटेडलाई पछि पारेको हो । ३९अंक भएको सिटी दोस्रो स्थानमा छ।

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया