भारतले श्रीलङ्कालाई ३१७ रनले हरायाे, एकदिवसीय इतिहासमा सबैभन्दा ठूलाे अन्तरकाे जित

 माघ १, २०७९ आइतबार २०:३५:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – भारतले एकदिवसीय क्रिकेट इतिहासमा सबैभन्दा ठूलाे अन्तरकाे जित निकाल्दै विश्व कीर्तिमान कायम गरेकाे छ । श्रीलङ्कासँगकाे तेस्राे तथा अन्तिम एकदिवसीय क्रिकेटमा तीन सय १७ रनकाे फराकिलाे अन्तरकाे जित निकाल्दै कीर्तिमान कायम गरेकाे हाे । भारतले न्युजिल्यान्डकाे १५ वर्ष पुरानाे कीर्तिमान ताेडेकाे हाे । न्युजिल्यान्डले सन् २००८ मा आयरल्यान्डलाई दुई सय ९० रनले हराएकाे थियाे ।

भारतले दिएकाे तीन सय ९१ रनकाे लक्ष्य पछ्याएकाे श्रीलङ्काले २२ ओभरमा सबै विकेट गुमाएर ७३ रनमात्र बनाउन सक्याे । श्रीलङ्काका लागि नुवानिदाे फर्नान्डाेले सर्वाधिक १९ रन बनाए । भारतका माेहम्मद सिराजले चार तथा माेहम्मद शमी र कुलदीप यादवले दुई/दुई विकेट लिए ।

यसअघि टस जितेर पहिलाे ब्याटिङ गरेकाे भारतले ५० ओभरमा पाँच विकेट गुमाएर तीन सय ९० रन बनायाे । भारतका लागि विराट काेहलीले नटआउट १६६ र शुभमन गिलले ११६ रन बनाए । श्रीलङ्काका कसुन रजिथा र लाहिरु कुमाराले दुई/दुई विकेट लिए ।

याेसँगै भारतले तीन खेलकाे शृङ्खलामा 'क्लिन स्वीप' गरेकाे छ । यसअघि भएकाे तीन खेलकाे टी–२० शृङ्खला पनि भारतले दुई/एकले जितेकाे थियाे । 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया