सङ्कटालाई 'सडन डेथ' मा हराउँदै भुटनिज युथ स्पाेर्ट्स च्याम्पियन

 माघ ३, २०७९ मंगलबार २०:३२:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

मकवानपुर – पाँचौँ बाग्मती गोल्ड कप फुटबलको उपाधि अमेरिकाको भुटनिज युथ स्पोर्ट्स क्लबले जितेको छ ।

मकवानपुरको बाग्मती गाउँपालिकाको जनता माविको मैदानमा आज मङ्गलवार भएको खेलमा भुटनिजले सङ्कटा क्लबलाई 'सडन डेथ' मा ७–६ गोलले हराएर उपाधि जितेको हो ।

निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टीमा पुगेको थियो, पेनाल्टीमा पनि बराबरी भएपछि खेल सडन डेथमा पुगेको हो । निकै प्रतिस्पर्धात्मक खेलको पहिलो मिनेटमै भुटनिजले अग्रता लिएकाे थियो । भुटनिजका लागि प्रविन बस्नेतले गोल गरेका थिए । त्यस्तै खेलको छैटाैँ मिनेटमा प्रविनले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाएका थिए । तर त्यो अग्रता पहिलो हाफको खेलमै तोडियो । सुनिल बलले खेलको ९ र २२ औँ मिनेटमा गोल गर्दै सङ्कटालाई खेलमा फर्काए ।

विजेता भुटनिज युथले आठ लाख र उपविजेता सङ्कटाले नगद चार लाख रुपैयाँ पुरस्कार पाएको छ । बाग्मती खेलकुद विकास समितिको आयोजना भएको प्रतियोगितामा दुई घरेलु, एक विदेशी र सात ए डिभिजन टाेलीसहित १० टोलीको सहभागिता रहेको थियो ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया