प्रधानमन्त्री कप महिला टी–२० क्रिकेटको सेमिफाइलन समीकरण पूरा

 माघ ४, २०७९ बुधबार १६:३६:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेटको सेमिफाइलन समीकरण पूरा भएको छ । आज बुधवार भएकाे खेलमा लुम्बिनीलाई हराउँदै मधेस प्रदेश सेमिफाइलनमा पुगेसँगै चार वटै टोलीको टुङ्गो लागेको हो । यसअघि हिजो मङ्गलवार नै प्रदेश १, सुदूरपश्चिम र एपीएफ क्लब अन्तिम चारमा पुगिसकेका छन् ।

आज मधेसले लुम्बिनीलाई १६ रनले हरायो । जितका लागि एक सय आठ रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धाारित २० ओभरमा पाँच विकेट गुमाउँदै ९१ रनमात्रै बनायो । लुम्बिनीका लागि मधु डिसी र रञ्जु श्रेष्ठले समान २१ रन बनाए । मधेसकी भूमि सिंहले दुई विकेट लिइन् ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको मधेसले २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय सात रन बनाएको थियो । मधेसका लागि साना प्रविनले सर्वाधिक ४६ रन बनाइन् । लुम्बिनीकी मनीसा राना, सरस्वती पुन र विभास्ना बिसीले एक/एक विकेट लिए ।

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया