पहिलो संस्करणको नेपाल कबड्डी लिगमा ६ वटा टोलीले सहभागिता जन...
मंसिर ८, २०८१ शनिबार
सप्तरी - सप्तरीको दुई छुट्टाछुट्टै ठाउँमा आगलागी हुँदा लाखाैँकाे क्षति भएकाे छ । यहाँकाे रुपनी गाउँपालिका र तिरहुत गाउँपालिकामा आगलागी हुँदा ९ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएकाे हाे। आगलागीबाट दुई वटा घर जलेर नष्ट भएका छन् भने १३ वटा पशु चौपाया मरेका प्रहरीले जनाएकाे छ।
आज बिहान तिरहुत गाउँपालिका–४ डिमनका हरेराम यादवको घर नजिकै सल्केको आगोले हरेरामका छिमेकी तेजनारायण यादव र ओम नारायण यादवको घर जलेर नष्ट भएकाे जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक अविनारायण काफ्लेले जानकारी दिनुभयाे । आगलागीमा हरेरामको गोठमा रहेका दुई वटा खसी, दुईवटा पाडी र एउटा बाख्रा मरेका छन् ।
राजविराज, हनुमाननगर र कञ्चनरुप नगरपालिकाको दमकल, स्थानीय र सुरक्षाकर्मीको प्रयासमा आज बिहान पौने चार बजे आगाे निभाइएकाे हाे । आगलागीबाट घर, पशु चौपाया, लत्ताकपडा र अन्य सरसामान जलेर नष्ट भएकाे छ ।
यस्तै, सप्तरीको रुपनी गाउँपालिका-१ मा आगलागी भएको छ । स्थानीय मैयादी मियाँको गोठ नजिकबाट सुरु भएको आगलागीले उहाँको चारवटा खसी र चारवटा बाख्रा जलेका छन् । शम्भुनाथ नगरपालिकाको दमकल, स्थानीय र सुरक्षाकर्मीको सहयोगमा आगो निभाइएकाे प्रहरीले जनाएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।