भारतसँग पराजित भएपछि न्युजिल्याण्डले एकदिवसीयको शीर्ष वरीयता गुमायो

 माघ ८, २०७९ आइतबार १४:२२:१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – भारतसँगको एकदिवसीय शृङ्खलामा पराजित भएपछि न्युजिल्याण्डले आईसीसीको शीर्ष वरीयता गुमाएको छ ।

अस्ति भएको दोस्रो एकदिवसीयमा भारतसँग ८ विकेटले पराजित भएको न्युजिल्याण्डले एक खेल बाँकी छँदै शृङ्खला गुमाएपछि एकदिवसीय वरीयतामा शीर्ष स्थानबाट दोस्रोमा झरेको हो ।

न्युजिल्याण्ड एकदिवसीय वरीयतामा शीर्ष स्थानबाट दोस्रोमा झरेपछि इंल्याण्ड शीर्ष स्थानमा पुगेको छ । इंल्याण्ड तीन हजार ४ सय अंकसहित शीर्ष स्थानमा छ भने तीन हजार एक सय ६६ अंक रहेको न्युजिल्याण्ड दोस्रो स्थानमा छ ।

अहिले तेस्राे स्थानमा रहेको भारत न्युजिल्याण्डसँगको तेस्रो खेलमा पनि विजयी भएमा  शीर्ष स्थानमा पुग्नेछ । तेस्रो खेल पर्सि मङ्गलवार हुँदैछ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया